
मुस्ताङ। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उपल्लो मुस्ताङको चराङ-छोसेर २५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ ।
विसं २०७५ मा निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसक्नुपर्ने सो सडक निर्माण कम्पनीको ढिलासुस्ती र बेवास्ताका कारण स्तरोन्नति हुन सकेको थिएन ।
आर्थिक वर्ष २०७३÷७४मा जोमसोम–कोरला ११० किलोमिटर ग्राभेल सडक सात खण्डमा विभाजन गरी स्तरोन्नति सुरु गरिएको थियो । सात खण्डमध्ये जोमसोम—झैते चार खण्ड र झैते—कोरला तीन खण्ड गरी सात खण्डको ११ मिटर चौडा ग्राभेल एकैसाथ ठेक्का लागेको थियो । दुई अर्ब छ करोड लागतमा ठेक्का लागेको सडकको सात खण्डमध्ये ६ खण्ड ग्राभेल भई सडक आयोजनालाई हस्तान्तरण भएको वर्षौँ बितिसकेको छ ।
तामाङ—गौरी पावती, कोशी एन्ड न्यौपाने जेभीले ११ मिटर चौडा हुनेगरी २५ किलोमिटर चराङ—छोसेर सडक स्तरोन्नति गर्न रु २६ करोड लागतमा ठेक्का लिएको थियो । कम्पनीले ८० प्रतिशत भौतिक प्रगति गरी काम छाडेको थियो । काम नगरेपछि पटक÷पटकको पत्राचार, ताकेता र कालोसूचीमा राख्ने जनाएपछि गत वर्षमा मात्रै ‘ज्वाइन्ट पार्टनर’ गौरी पार्वतीले कालो सूचीबाट जोगिन चराङ–¬छोसेर सडक निर्माण सुरु गरेको हो । चालु आर्थिक वर्षको असारभित्रै आयोजनालाई सडक हस्तान्तरण गर्ने गरी अधुरो सडक स्तरोन्नति भइरहेको गौरी पावती कन्स्ट्रक्सनका साइट इञ्चार्ज विष्णु अर्यालले जानकारी दिनुभयो ।
अर्यालका अनुसार चराङको भिर काट्ने काम तीन दिनभित्र सम्पन्न हुने र अन्य स्थानमा काम सकिएको छ । सडकको ९३ प्रतिशत भौतिक प्रगति भइसकेको र चराङ बजारभित्र करिब एक किमी सडकमा सडक ग्राभेल गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
सडक आयोजनाका प्रमुख ध्रुव झाले चराङ-छोसेर सडकको ग्राभेल ठेक्का चालु वर्षको असारभित्रै सम्पन्न हुने दाबी गर्नुभयो । योसँगै जोमसोम—कोरला ११० किमी ग्राभेल सडक पूरा हुने आयोजना प्रमुख झाले जनाउनुभयो । जोमसोम-कोरला ग्राभेल सडकअन्तर्गत आयोजनाले चालु आर्थिक वर्षको असोजमा जोमसोम-कागबेनी १३ किमी दूरीमा कालोपत्र विस्तार गरिसकेको छ ।
यसैगरी, चालु आर्थिक वर्षमा कागबेनीदेखि छुसाङसम्मको करिब १० किलोमिटर ग्राभेल सडकमा कालोपत्र गर्ने नयाँ ठेक्का आयोजनाले खुलाएको छ । यसका लागि १० करोड बजेट विनियोजन भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने