
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति छोड्नै नहुने महत्वपूर्ण पक्ष भएकाले त्यससम्बन्धी इतिहासको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित ‘रासस फोटो किताब ः गणतन्त्रको १६ वर्ष’ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाउने गरेको बताउनुभयो ।
‘संस्कृति हामीले छोड्नै नहुने कुरा हो, यसको सन्तुुलित अर्थ बुुझेमा आफूू र आफ्नो इतिहासलाई बुुझाउन सहयोग गर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘सन्तुुलित अर्थ बुझेर आफू र आफ्नो इतिहास बुझाउन पनि सहयोग गर्छ ।’
उहाँले राससको यस प्रकारको प्रयास सराहनीय एवं प्रशंसायोग्य रहेको प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाएको हुन्छ, दुःखमा परेका बेला पनि मानिसले संस्कृतिका माध्यमबाट मनोरञ्जनको सहयोग लिएर बाँचेको हुन्छ ।’
त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्र र गणतन्त्र दिवसका उपलक्ष्यमा मुलुकको संस्कृति, कला तथा विकास र पूर्वाधार शीर्षकमा दुई वर्ष गरेको प्रदर्शनीमा राखिएको तस्बिर समेटेर समितिले फोटो पुस्तक प्रकाशित गरेको जानकारी गराउनुभयो ।
गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगति र उपलब्धिलाई तस्बिरमा प्रस्तुत गरिएको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले देशमा केही पनि भएको छैन भन्नेहरूका लागि पुस्तक गतिलो जवाफ भएको बताउनुभयो ।
उहाँले देशलाई चिनाउने गरी सीमित स्रोतसाधनका बाबजुद राससले तयार गरेको सङ्ग्रहणीय रासस फोटो पुस्तक विदेशी पाहुनालाई उपहारस्वरुप प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गर्दै थप प्रति छपाइका लागि अनुरोध गर्नुभयो ।
त्यस पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटोपत्रकारले खिचेका १८२ तस्बिर समावेश छन् ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले पुस्तकमा समेटिएका तस्बिर अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।
पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, प्रधान सम्पादक उत्तम सिल्वाल, प्रशासन प्रमुख शीतलप्रसाद महतो, प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने, वरिष्ठ समाचारदाता प्रकाश सिलवाल, समाचारदाता कालिका खड्का र फोटोपत्रकार विकल्प दाहालको उपस्थिति थियो ।
यसअघि पुस्तक राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतका विशिष्ट पदाधिकारी एवं नेतागणलाई हस्तान्तरण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने