
कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च जोखिममा छ । नदी तटीय क्षेत्रमा रहेको बस्ती क्षेत्रतर्फ सोझिएको नदीले वर्षेनी जग्गा कटान गर्दै आएको छ ।
गुरुयोजना निर्माण गरी बस्ती जोगाउन तटबन्धको भरपर्दो व्यवस्था गरिदिनुपर्ने बस्तीका अगुव पदम राना (बादी)ले बताउनुभयो । ‘नदी नियन्त्रण गरी भूक्षय भइरहेको जग्गा जोगाउन धेरै वर्षदेखि माग गर्दै आएका छौँ’ उहाँले भन्नुभयो– ‘भरपर्दो व्यवस्था हुनसकेको छैन ।’
बर्खा आउन केही महिना मात्र बाँकी रहेकाले नदी छेउमा रहेकाहरु चिन्तामा छन् । गुन्याँँलफाँटामा ५० घर बादी समुदाय र एक सयभन्दा बढी घर दलित समुदायका छन् । विसं २०६४ मा नदीमा आएको बाढीले सात परिवार बादी विस्थापनमा परेका थिए ।
नदीले वर्षातका बेला बस्तीतर्फ कटान गर्ने भएकाले थोरै जग्गा भूक्षय भएमा पनि चार घर विस्थापनमा पर्ने देखिएको पदम बादीले बताउनुभयो । बस्दै आएको ठाउँमा रहेको ५ कट्ठा जग्गा पूरै गत वर्ष आएको बाढीले बगाएर लगेको केशव बादीले बताउनुभयो ।
‘नदीले जग्गा कटानी गरी बगाएपछि ६ धुरमा बनेको टहरा मात्र बाँकी छ’ उहाँले भन्नुभयो– ‘परिवारको खर्चको जोहो मिलाउन भारततर्फ गएर मजदुरी गरौँला, त्यो कार्य वर्षौँदेखि गर्दै आएका छौँ, बास बस्ने टहरा नै नदीले बगाए कहाँ बस्ने भन्ने चिन्ताले सताउन थालेको छ ।’
स्थानीय दुरादेवी कुमालका अनुसार बस्ती जोगाउन वर्षौँ पहिले बनाइएका तटबन्ध ठाउँठाउँमा भत्किएका छन् । बाढी आए बस्ती नै छाडेर सुरक्षित सडक क्षेत्रमा खुला अकाशमा रात बिताउनुपर्ने विगतको बाध्यता उल्लेख गर्दै उहाँले अहिलेसम्म भरपर्दो तटबन्ध निर्माण नहुँदा बस्ती छाड्नुपर्ने बाध्यता बनेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने