
तनहुँ । शुक्लागण्डकी नगरपालिकामा तोकिएको म्याद अगावै कल्भर्ट निर्माण सम्पन्न भएको छ ।
शुक्लागण्डकी–८ र १० जोड्ने मान्द्रे खोलामाथि दुई महिना अगावै कुखुरे कटहरे कल्भर्ट निर्माण भएको हो । त्यो कल्भर्टको शनिबार उद्घाटन गरिएको छ ।
नगरको आन्तरिक बजेटबाट कल्भर्ट निर्माण गरिएको हो । कल्भर्ट निर्माणका लागि गत मङ्सिर १० गते विसं २०८२ असार १५ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । नगरले यहाँ कल्भर्ट निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेपनि २२ लाख १० हजार २ सय ५० रुपैयाँमा ठेक्का सम्झौता भई कल्भर्ट निर्माण भएको शुक्लागण्डकी–१० का वडाध्यक्ष राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । कल्भर्टको लम्बाइ २० मिटर रहेको छ ।
कल्भर्ट निर्माणपछि शुक्लागण्डकी–१० स्थित कुखुरे, कटहरे, लहरे, पातिस्वाँरा, सिम्ले र मीनामखानीका सर्वसाधारणलाई आवागमन सहज भएको उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँ वर्षाका बेला खोला बढेर वारपार गर्न निकै समस्या थियो । सोही कारण पालिकाले आन्तरिक बजेटबाट कल्भर्ट निर्माण गरी आवतजावत सहज बनाएको हो ।’
वर्षेनी बढेर आउने बाढीका कारण खोला तरेर विद्यालय जान नपाएका विद्यार्थी र बिरामी हँुदासमेत जोखिम मोलेर यात्रा गर्नुपर्ने समस्या समाधान भएको स्थानीय दीपबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘खोला बढ्दा पनि सहज रूपमा विद्यालय, अस्पताललगायत काममा जान सकिन्छ ।’ नेपालीले वडा र नगरपालिकाका कर्मचारीलाई कल्भर्ट नहुँदा स्थानीयले भोगेका समस्याका बारेमा बारम्बार जानकारी गराएपछि समाधान भएको उल्लेख गर्नुभयो ।
कल्भर्टको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले जनताका हरेक समस्या समाधान गर्ने जिम्मेवारी आफूहरूको रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यहाँ कल्भर्ट नहुँदा जनताले पाएको दुःखबारे जानकारी प्राप्त हुनासाथ हामीले आन्तरिक बजेट विनियोजन गरेर काम अगाडि बढायौँ । म्याद अगावै काम पनि सम्पन्न भयो ।’
उपप्रमुख खुमबहादुर विकले गाउँलाई सहरसँग जोड्न पालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने