
नवलपुर । मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ ।
साथीहरूसँग मङ्गलबार नारायणी नदीमा पौडी खेल्न गएका दुई बालक डुबेर बेपत्ता भएका थिए । बेपत्तामध्ये एक जनाको बुधबार शव भेटिएको थियो भने अर्का एक जनाको आज भेटिएको हो ।
मध्यविन्दु नगरपालिका–१२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी नदीमा भेटिएको प्रहरी नायव उपरीक्षक मधु नेपालीले बताउनुभयो । मध्यविन्दु नगरपालिका–१२ बस्ने १३ वर्षीय प्रज्वल पौडेलको शव बुधबार दिउँसो नदीमा भेटिएको थियो ।
पाँच जना बालक नारायणी नदी किनारमा ‘ड्राइ पिकनिक’ जाने भनी गएकामा दुई जना पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । मृतक बालकहरु दाजु भाइका छोराहरू भएको प्रहरीले जनाएको छ ।
दुवै बालकको शव पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरी नायव उपरीक्षक नेपालीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै