
बागलुङ । धार्मिक पर्यटकलाई आकर्षित गर्न सत्यवती मन्दिर जोड्ने पदमार्ग निर्माण शुरु गरिएको छ ।
बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरस्थित प्रसिद्ध धार्मिकस्थल सत्यवती मन्दिर जोड्नका लागि पदमार्ग निर्माण शुरु गरिएको हो ।
गण्डकी सरकारले विनियोजन गरेको १० लाख रुपैयाँमा खाल्टाबाट सत्यवती मन्दिरसम्म रेलिङसहितको २ सय मिटर पक्की पदर्माग निर्माण थालिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका योजना अधिकृत नारायण रिजालले जानकारी दिनुभएको छ ।
अघिल्लो वर्ष पनि १० लाख रुपैयाँमा करिब दुई सय मिटर पदमार्ग निर्माण गरिसकेको बताउँदै उहाँले मन्दिरसम्म पुग्ने पदमार्ग निर्माणमा पछिल्लो दुई वर्षमा २० लाख रुपैयाँ लगानी भएको जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटन तथा उद्योग कार्यालय बागलुङले पदमार्ग निर्माण गरिरहेको हो ।
रेलिङसहितको पक्की पदमार्ग निर्माण बढी खर्चिलो हुने रिजालको भनाइ छ । यसवर्ष पदमार्ग निर्माणका लागि गत फागुन ११ गते उपभोक्ता समितिमार्फत सम्झौता गरी काम अगाडि बढेको भन्दै हालसम्म ५० प्रतिशत बढी प्रगति भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना यही महिनाभित्र सम्पन्न गर्नेगरी तीव्र गतिमा काम भइरहेको छ ।
चिच्याएर वर माग्ने यस मन्दिरमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको स्थानीय बताउँछन् । दश वर्ष पहिलेसम्म जीर्ण र अव्यवस्थित मन्दिरलाई बरेङ गाउँपालिकाले व्यवस्थित बनाएको छ । धार्मिक महत्त्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आइएको पाइन्छ ।
यहाँ ठूलो स्वरले चिच्च्याएर वर माग्ने गरिन्छ । यसरी चिच्च्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । गाउँपालिकाले मन्दिरको पुनःनिर्माण, पार्किङस्थल निर्माण, खानेपानी, शौचालय, विश्रामस्थल, फनपार्क लगायत पूर्वधार निर्माण गरेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा धार्मिक पर्यटक भित्र्याउनका लागि पूर्वधार निर्माणमा हालसम्म एक करोड रुपैयाँ बढी लगानी भइसकेको छ ।
मन्दिरसम्म आउने सडक बाह्रैमहिना सञ्चालन हुनेगरी व्यवस्थित बनाइएको अध्यक्ष शर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो मन्दिरमा हरेक धान्य पूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ । प्रत्येक महिना हजारौँ दर्शनार्थी मन्दिरमा आउने हुँदा सडक, खानेपानी, मन्दिर निर्माण गर्ने र अन्य पूर्वाधारलाई व्यवस्थित बनाइरहेका छौँ । पहिले मन्दिर भएको ठाउँ निकै साँघुरो हुँदा भक्तजनलाई पूजाआजा गर्न समस्या थियो, अहिले त्यसलाई फराकिलो बनाएका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने