
काठमाडौँ । पूर्वउपराष्ट्रपति परमानन्द झाले संविधान कार्यान्वयनका क्रममा देखिएका संशोधनका आवाजलाई सम्बोधन गरे संविधान दिगो हुने बताउनुभएको छ ।
दिशानिर्देश प्रेस क्लबद्वारा आज आयोजित कार्यक्रममा उहाँले सबै वर्ग, क्षेत्र र समुदायका माग सम्बोधन गर्नका लागि पनि संविधान संशोधनको आवश्यकता औँल्याउनुभयो । उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २२औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा उहाँले तत्कालीन समयमा संविधान हतारमा प्रकाशन गरिएको जिकिर समेत गर्नुभयो ।
‘प्रमुख दलहरुले नै संविधान संशोधन गर्ने एजेण्डा बनाइरहनुभएको छ’ पूर्वउपराष्ट्रपति झाले भन्नुभयो– ‘संविधान जनताको मागअनुसार संशोधन गरेर अघि बढनुपर्छ । त्यसमा सबैको कल्याण छ ।’
त्यही कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र, निष्पक्ष र जीवन्त पत्रकारिता अपरिहार्य भएको बताउनुभयो । राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिले पुनः राजनीतिक भूमिकामा फर्किनु शोभनीय नहुने धारणा राख्नुभयो ।
वरिष्ठ पत्रकार हरिहर विरहीले नागरिक सर्वोच्चता कायम राख्न आमसञ्चारको भूमिकाबारे आफ्ना धारणा राख्नुभयो । उहाँले राजतन्त्र फर्किन सम्भव नभएको राय व्यक्त गर्नुभयो । दिशानिर्देश पत्रिकाका सम्पादक जेपी गुप्ता ‘मायालु’ले सर्वोच्च अदालतको फैसलालाई अवहेलना गर्दै प्रेस काउन्सिलले आफूहरुलाई पटकपटक पत्र काटेको आरोप लगाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै