
कञ्चनपुर । नेपाली चलचित्रमा खलनायकको भूमिका निभाउनुभएका कलाकार तेजा ऐरको निधन भएको छ ।
उहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा शनिबार निधन भएको तेजाका भाई डबलबहादुरले जानकारी दिनुभयो ।
कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गौलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । तीन दशकदेखि सानाठूला नेपाली चलचित्रमा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आउनुभएको थियो । थारू भाषाको चलचित्र ‘मोर बस्ती’बाट यस क्षेत्रमा डेब्यु गर्नुभएका ऐरले थारू, नेपाली र भोजपुरी भाषाका झण्डै एक सय चलचित्रमा खलनालयको भूमिका निर्वाह गर्नुभएको थियो ।
ऐरले सत्या, हिरासत, विजयपथ, विरासत, हिम्मतवाली, जय परशुराम, रामजाने, कमाण्डर लगायत चलचित्रमा अभियन गर्नुभएको थियो । विभिन्न टेलिफिल्म र म्युजिक भिडियोमा समेत उहाँले अभिनय गर्नुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने