
कञ्चनपुर । भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ ।
१५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो ।
‘सुदूरपश्चिम क्षेत्रको लोकसंस्कृतिमा दमाहा बाजाको महत्वपूर्ण स्थान रहेको छ’ नगर प्रमुख पदम बोगटीले भन्नुभयो– ‘दमाहा बाजा हराउँदै जान थालेकाले संरक्षण गर्न आवश्यक छ, नयाँ पिँढीका युवालाई सिकाउन तालिम दिन थालेका छौँ ।’ परम्परागत बाजासँगै संस्कृति संरक्षणका कार्यक्रमलाई प्राथमिकतमा राखेर कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँले बताउनुभयो ।
कलासंस्कृति संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उहाँको जोड रहेको छ । दमाहा बाजा बजाउने सीप सिकेका युवाका लागि बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले दमाह बाजा नेपालको मौलिक वाद्ययन्त्रमध्ये एक भएकाले यसको संरक्षण हुनु जरुरी भएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो ।
‘सुदूरपश्चिमको संस्कृतिअनुसार परम्परागत समारोह, जात्रा तथा सांस्कृतिक पर्वहरूमा सगुनका रुपमा दमाह बाजा बजाइन्छ’ उहाँले भन्नुभयो, ‘आधुनिकताको प्रभावसँगै संस्कृतिसँग जोडिएको बाजाको प्रयोग घट्दै गएकाले संरक्षणका लागि तालिम आवश्यक छ ।’ तालिममा महिला–पुरुष गरी १९ जनाको सहभागिता रहेको छ । तालिममा दमाहाको महत्व दर्शाउने कार्यसँगै कुन कार्यका लागि कुन तालमा बजाउने भन्नेबारे सिकाउने कार्य भइरहेको छ ।
बूढापाकाहरुले युवालाई दमाहा बजाउने कलाकौशल युवालाई सिकाउने कार्य गर्न थालेका छन् । पछिल्लो समय माङ्गलिक कार्यका लागि दमाहालगायतको पञ्चेबाजा बजाउनेहरुको कमी हुन थालेको छ । यस पेसाबाट जीविका धान्न निकै गाह्रो हुँदै गएपछि युवाहरुले यस पेसालाई छाड्दै गएका छन् । पेसा पलायन भएर युवाहरु अन्य कार्य गर्न थालेका छन् ।
‘बूढापाकाहरुमा मात्रै दमाहा बजाउने सीप सीमित रहेको छ’ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुशील भट्टले भन्नुभयो– ‘बूढापाकाहरुसँग रहेको दमाहालगायतका पञ्चैबाजा बनाउने कला नयाँ पुस्तामा पुस्तान्तरण गर्न आवश्यक भएकाले युवालाई तालिमका माध्यमबाट सिकाउने कार्य भइरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने