
म्याग्दी । धार्मिक सद्भावको उद्देश्यसहित नवलपरासीको गजेन्द्रमोज्ञनारायण–मुस्ताङको मुक्तिनाथ रथयात्रामा निस्किएको टोली आज यहाँ आइपुगेको छ ।
धार्मिक पर्यटन प्रर्वद्धन, कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणको लागि स्वामी कमलनयनाचार्यको नेतृत्वमा चैत १८ गजेन्द्रमोज्ञनारायणदेखि शुरु भएको रथयात्रा टोली देवघाट, पोखरा, बागलुङ हुँदै म्याग्दी आएको हो ।
भजनकीर्तनसहित आइपुगेको रथयात्रा टोलीलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायतले बेनीमा स्वागत गर्नुभएको थियो । बेनी बजारवासीले घरअगाडि जलघडा राखेर स्वागत गरेका छन् ।
बेनीदेखि धार्मिक स्थल गलेश्वर मन्दिरसम्म पैदलयात्रा गरेको रथयात्राको टोली २४ गते मुक्तिनाथ पुगेर छमहिने धार्मिक महोत्सव सुरु गर्ने कार्यक्रम छ । वैदिक सनातन संस्कार–संस्कृति, शालग्राम, कालीगण्डकी, गोवंश, जल, प्रकृति, पर्यावरण संरक्षण, सामाजिक एकता, राष्ट्रियता र आदर्श समाजको निर्माण तथा पर्यटन प्रर्वद्धन गर्नाका साथै विश्वशान्ति र राष्ट्र समुन्नतिको कामना गर्ने उद्देश्यले रामनवमी पर्वको अवसरमा रथयात्रा आयोजना गरिएको स्वामी कमलयनाचार्यले बताउनुभयो ।
वेद, उपनिषद्, रामायण, महाभारत, पुराण, गीता, विष्णुसहश्रनामलगायत स्तोत्ररत्नादि वैदिकशास्त्रको पाठपाराणय, भगवद् आराधनासहित विशेष अनुष्ठान र हवन गरिने छ महिनासम्म सञ्चालन हुने महोत्सवमार्फत पाँच लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
रथयात्रा र धार्मिक महोत्सवले कालीगण्डकी किनारका धार्मिक पर्यटकीयस्थलको पहिचान, प्रचारप्रसार र प्रर्वद्धनका साथै संरक्षण र विकासमा राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने