
गण्डकी । नेपाल पत्रकार महासङ्घको ७०औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाउन शुरु गरिएको छ ।
शनिबार परेको दिवसको पूर्वसन्ध्यामा महासङ्घका जिल्ला शाखाले आ–आफ्नै मौलिकतामा कार्यक्रम आयोजना गरेका हुन् । म्याग्दी शाखाले बिहीबार धवलागिरि क्षेत्रमा क्रियाशील पत्रकारबीच मैत्रीपूर्ण फुटसलको आयेजना ग-यो । खेलमा महासङ्घको बागलुङ शाखा विजयी बन्यो । चार टोली सहभागी खेलमा उपविजेताको उपाधि पनि बागलुङ शाखाकै अर्को टोलीले हात पा¥यो ।
सर्वाधिक गोलकर्ताका रुपमा बागलुङ शाखाका सङ्गम घर्तीमगर र उत्कृष्ट खेलाडीमा विजयी राना घोषित भए । विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो ।
उहाँले पत्रकारबीचको एकता र भाइचारा अभिवृद्धिसहित खेलकुद प्रवद्र्धनको सन्देश दिन फुटसल आयोजना गरिएको बताउनुभयो । महासङ्घको स्थापना दिवस पारेर पत्रकारको दुर्घटना बिमा, स्वास्थ्य परीक्षण, सहयोग हस्तान्तरणलगायत कार्यक्रम गर्न लागिएको अध्यक्ष गौतमले बताउनुभयो ।
महासङ्घ बागलुङ शाखाले पनि आजदेखि दुई दिनसम्म विविध कार्यक्रमसहित स्थापना दिवस मनाउन लागिएको जनाएको छ । बागलुङ शाखाका सचिव नारायण रिजालका अनुसार आज सरसफाइ, वृक्षरोपण, पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ नगर स्वास्थ्य शाखा र युनाइटेड रेफरेन्स ल्याबोरेटरी ९युआरएल०, धवलागिरिको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण गर्न लागिएको उहाँको भनाइ छ ।
कार्यक्रममा मिर्गौला, मधुमेह, युरिक एसिड, कोलेस्ट्रोल बिएमआइ (बडी मास इन्डेक्स) उच्च रक्तचाप जाँच, पाठेघरको मुखको स्क्रिनिङ लगायत गरिने भएको छ ।
डिभिजन वन कार्यालय बागलुङसँगको सहकार्यमा महासङ्घको कार्यालय परिसरमा वृक्षरोपण तथा सरसफाइ सचेतना कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
स्थापना दिवसको मुख्य दिन शनिबार प्रभातफेरीसहित चियापानको आयोजना गरिएको सचिव रिजालले बताउनुभयो ।
स्थापना दिवसको अवसर पारेर कास्की शाखाले अदालती रिपोटिङ र पर्वत शाखाले पत्रकार डिजिटल साक्षरता एवं रुपान्तरणकारी नेतृत्व विकास कार्यक्रम आयोजना गरेको छ । पोखरा र पर्वतको कुश्मामा गरी दुई दिनसम्म ती तालिम सञ्चालन हुनेछन् ।
गण्डकी प्रदेशका अन्य जिल्ला शाखाले पनि विविध रचनात्मक कार्यक्रमसहित महासङ्घको स्थापना दिवस मनाउन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने