
कैलाली । कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ ।
वर्षायाममा कान्द्रा नदीले वर्षेनी सयौँ हेक्टर जमिन कटान गरेपछि ५ करोड रुपैयाँको लागतमा तटबन्ध निर्माण गरिएको हो । जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार नदी किनारका विभिन्न खण्डमा ८३० मिटर तटबन्ध र पाँच वटा स्पर निर्माण अन्तिम चरणमा पुगेको छ ।
भजनी नगरपालिका–९ काँडामा २१६, वडा नम्बर ४ धनौरामा २१६ र वडा नम्बर ४ धनौरामा २१६ मिटर तटबन्धको काम अन्तिम चरणमा पुगेको कार्यालयका सूचना अधिकारी टेकराज विनाडीले बताउनुभयो ।
यसैगरी, गौरीगङ्गा नगरपालिका–९ मा १२२ मिटर, घोडाघोडी नगरपालिका–११ को सिसैयामा ६० मिटर तटबन्धको काम सम्पन्न भएको छ । वडा नम्बर ११ मा तीन र १२ मा दुई गरी पाँच वटा स्पर निर्माण सम्पन्न भएको छ ।
तटबन्धनपछि उर्बर भूमि संरक्षाण हुनका साथै नदी किनाराका बस्ती जोखिमयुक्त हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने