
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा फागुन २५ गतेदेखि राजधानीमा शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ ।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त प्रतियोगितामा कूल ९१ खेल सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
प्रतियोगितामा देशभरका १४ क्लबको सहभागिता रहने छ । जसमा आरसिटी क्लब, श्री भगवती क्लब, टुसाल युथ क्बल, ब्रिगेड व्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब र बाँसबारी क्लब सहभागी छन् ।
त्यसैगरी श्रीकुमारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्बल र प्लानिङ युनाइटेड क्लब रहेका छन् । एन्फाले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडिएसी स्पोर्टस्लाई प्रदान गरेको छ । प्रतियोगिताको टिकट दर दशरथ रङ्गशालामा साधारण प्याराफिटतर्फ रु एक सय र भिआइपी प्याराफिटतर्फ ३ सय रुपैयाँ तोकिएको छ । त्यस्तै सातदोबाटोमा सामान्य प्याराफिटर्फ एक सय रुपैयाँ कायम गरिएको छ ।
प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँँ प्राप्त गर्ने छभने उपविजेताले १० लाख रुपैयाँ पाउने छ । त्यसैगरी तेस्रो हुने टोलीले पाँच लाख पाउने छ । प्रतियोगितामा फेयर प्ले टिमले एक लाख, उत्कृष्ट गोलकिपरले ५० हजार, सर्वाधिक गोलकर्ताले ५० हजार र प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले सात हजार पाँच सय रुपैयाँ पाउने छ ।
त्यसैगरी हरेका खेलका विजयी हुने टोलीले २५ हजार तथा बराबरी भएमा टोलीले १० हजार पाउने छ । प्रतियोगिताको सञ्चालनका लागि कूल तीन करोड ९३ लाख एक हजार आठ सय १३ रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले