
बर्दिया । नेपाल प्राज्ञिक आधारभूत विद्यालय जब्दी, बारबर्दियाले तीनतारेको उपाधि प्राप्त गरेको छ ।
नेपाल सरकारको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुसार मापदण्ड पूरा गरेपछि विद्यालयले त्यो उपाधि हासिल गरेको हो ।
नगरपालिकाले तयार पारेको कार्यविधिअनुसार अनुगमन तथा मूल्याङ्कन गर्दा बारबर्दिया नगरपालिका–११ मा अवस्थित विद्यालयले तेस्रो तारामा पनि ३० अंक प्राप्त गरेपछि सामाजिक विकास समितिले विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरेको नगरप्रमुख छविलाल थारुले जानकारी दिनुभयो ।
बर्दियाकै पहिलो तीनतारे प्राज्ञिक आधारभूत विद्यालयका रूपमा चयन भएको विद्यालयमा सुरक्षित खानेपानी, स्वच्छ शौचालय, फोहरमैला व्यवस्थापन, साबुन पानीले हातधुने सुविधा, आकर्षक फूलबारी र दिवा खाजाको उचित व्यवस्था उपलब्ध रहेको विद्यालयले जनाएको छ ।
वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको प्राविधिक सहयोगमा बेस संस्थाद्वारा वास गेन्स परियोजनाअनुसार विद्यालयमा काम भइरहेको बेस बर्दियाका परियोजना संयोजक जगदीशप्रसाद चौधरीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले