
कैलाली । कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टर स्थापनाको काम अघि बढ्न सकेको छैन । ट्रमा सेन्टर पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त हुन नसक्दा चार वर्षदेखि सो काम अलपत्र परेको हो ।
सरकारले ट्रमा सेन्टर स्थापनाका लागि चार वर्षदेखि विनियोजन गर्दै आएको बजेट फ्रिज भएर जाने गरेको शहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ । सरकारले ट्रमा सेन्टर स्थापनाका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरे पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका सूचना अधिकारी तथा इञ्जिनियर पुष्पराज भट्टले बताउनुभयो ।
उहाँका अनुसार ५० श्ययाको ट्रमा सेन्टर निर्माणका लागि गत आव २०८० र ८१ मा बहुवर्षीय योजनाअन्तर्गत ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । साथै आव २०७८/७९ मा पाँच करोड रुपैयाँ विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७९ र ८० मा कैलालीको लम्की सम्भाव्यता अध्ययन गरी ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन भएको थियो । कार्यालयका सूचना अधिकारी भट्टले जग्गाको सुनिश्चितता गर्न स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकालाई आग्रह गर्दै आएको पनि जानकारी दिनुभयो ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत चिसापानी–लम्की खण्डमा सवारी दुर्घटना बढी हुने र घाइतेले समयमै उपचार नपाउँदा अकालमै मृत्यु हुने भएकाले ट्रमा सेन्टर निर्माणको अवधारणा शुरु भएको थियो । हाल सामान्य उपचारदेखि आकस्मिक उपचारका लागि यस क्षेत्रका नागरिक नेपालगञ्ज तथा भारत जानुपर्ने बाध्यता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले