
पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिकामा स्थित सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन ।
रिब्दीकोट गाउँपालिकाको १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा मङ्गलबार दिउँसोदेखि डढेलो लागेको हो । अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण डढेलो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डढेलोको कारण करिब १ सय ७० हेक्टरमा फैलिएका चार सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो ।
डढेलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह