
पाल्पा । लुम्बिनी सरकारको लगानीमा तानसेन नगरपालिका–५ स्थित कैलाशनगरमा ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा आएको छ ।
प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको १५ महिनापछि आजदेखि डबली सञ्चालनमा आएको हो । डबली ‘ओपन थिएटर’ को अवधारणमा बनेको छ । जिल्लाका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले प्रदेश सरकारको ६ करोड ८२ लाख ५६ हजार ९१ रूपैयाँ लगानीमा डबली निर्माण गरिएको हो ।
आज एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख सन्तोषलाल श्रेष्ठले डबलीको शुभारम्भ गर्नुभयो । ढिलै भए पनि डबली सञ्चालनमा आएकोमा खुशी लागेको कैलाशनगरका स्थानीयवासी रमेश अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘आफ्नै टोलमा सांस्कृतिक डबली निर्माण हुँदा टोलको मात्र नभइ सिङ्गो तानसेन नै रमणीय र सुन्दर देखिएको छ ।’ स्थानीय सुमन भट्टराईले पनि डबली सञ्चालनले पर्यटकको आगमन समेत बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
डबलीमा स्टेज, हरियो दुबोसहितको दर्शक कक्ष, कलाकारको चेन्जिङ रूम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङसहितको सुविधा रहेको छ । डबलीको क्षमता पाँच सय जना रहेको छ ।
प्रदेश सरकारले दिएको जिम्मेवारीलाई स्थानीय सरकारले प्राथमिकताका साथ अगाडि बढाएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । डबलीको उचित प्रयोग गरी यहाँका कला संस्कृति र पर्यटनको विकास गरिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो– ‘तानसेन आफैँमा पर्यटकीयस्थल रहेकाले त्यसको विकास र विस्तारका लागि डबली महत्वपूर्ण हुने छ ।’ शुभारम्भको अवसरमा सोरठी, झ्याउरे, नेवारी नाँच, थिमेबाजा, जिवाइमाइवा जस्ता नाच प्रदर्शन गरिनुको साथै, मगरी, नेवारी खाजाका परिकार समेत राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह