
काठमाडौँ । प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सोधिएको स्पष्टीकरणबारे जानकारी माग गर्दै त्यसबारे सभामुखमार्फत रुलिङको माग गरेका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक शुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित सबै प्रतिपक्षी दल उठेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्ने समय दिनुभएको थियो ।
उहाँले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोधिरहेको तथा मूल्याङ्कनमा शून्य नम्बर दिएको कुरा के हो, त्यस विषयमा सभामुखमार्फत सरकारसँग जानकारी माग गर्नुभयो ।
उहाँले प्राधिकरणलाई नाफामा लगेका कार्यकारी निर्देशकसँग सोधिएको स्पष्टीकरण र कार्यसम्पादन मूल्याङ्कनका विषयमा सरकारको भनाइ आउनुपर्ने माग गर्दै त्यस सन्दर्भमा स्पष्ट जवाफ नआउँदासम्म प्रतिपक्षी दलहरूको तर्फबाट विरोध जारी रहने स्पष्ट गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह