
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रेखा शर्माले गुठी किसानको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले गुठी किसानसँग वार्ता गरी यथाशीघ्र गुठी विधेयक ल्याउन सरकारसमक्ष माग गर्नुभयो ।
‘३२ दिनदेखि सङ्घर्षरत मोही किसानको मागको सुनुवाई हुन सकेको छैन’ सांसद शर्माले भन्नुभयो, ‘सडकबाट किसानले उठाएको र सदनमा सांसदले ध्यानाकर्षण गराएको विषयलाई सरकारले गम्भीर रूपमा लिएर तत्काल समस्या समाधान गर्न अनुरोध गर्दछु ।’
गत माघ २० गतेदेखि स्वर्गाद्वारी गुठी पीडित मोही किसान माइतीघर मण्डलामा धर्ना दिइरहेका भताउँदै उहाँले गुठी जग्गा रैकर गरी किसानलाई जग्गाधनी पुर्जा जारी गर्न माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह