
महोत्तरी । इस्लाम धर्मावलम्बीले मडैबाट ध्रुवकुण्ड पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज स्वागत गरेका छन् ।
परिक्रमा यात्राको सातौँ दिनको रात्रि विश्रामस्थल ध्रुवकुण्ड हो जहाँ इस्लाम धर्मावलम्बीको बाहुल्य छ । बलवा नगरपालिकाका रौजा, धमौरा र अधियानपुरका इस्लाम धर्मावलम्बीले यात्रीलाई खादा र माला लगाइ दिएर स्वागत गरेका हुन् । सत्ययुगमा राजा उत्तानापाद र सौतेनी आमाको अपमान सहन नसकेर राजकुमार ध्रुवले तपस्या गरेका स्थान मानिने ध्रुवकुण्ड हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र हो ।
हिन्दू धर्मावलम्बीको पवित्रस्थल ध्रुवकुण्डसँगै मुस्लिम परम्पराका सुफी सन्त गदालीबाबा, बहार अलीबाबा र रहमत अलीबाबाको पवित्र मजार छन् ।
धमौराका बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता मन्सुल कवारी भन्नुहुन्छ– ‘हिन्दूहरू मजारस्थलमा श्रद्धा जनाउँदै आशिष माग्न आउँछन्, हामी इस्लाम धर्मावलम्बी ध्रुवकुण्डको विकासबारे चासो राख्छौँ ।’ मजार र ध्रुवकुण्ड आफ्नो स्थान चिनाउने पवित्रस्थल भएको हुँदा हिन्दू र मुसलमान दुवैले मानसम्मान गर्ने कवारी बताउनुहुन्छ ।
आज ध्रुवकुण्डको बासपछि यात्री भोलि महोत्तरीको अन्तिम विश्रामस्थल कञ्चनवन प्रस्थान गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह