
नुवाकोट । नुवाकोटका माझी समुदायले मङ्गलबार पहिलो पटक सामूहिक रुपमा लदी पर्व मनाएका छन् ।
जिल्लाभरका माझीहरु सामूहिक रुपमा भेला भएर ‘प्रथम लदी पर्व तथा प्रकृति पूजा’ कार्यक्रमको आयोजना गरेर मनाएको पर्वले लोप संरक्षणको लागि सहयोग पुग्ने त्यो समुदायका अगुवा तेजबहादुर माझीले बताउनुभयो ।
‘विगतका वर्षमा माझीले डुङ्गा चलाइ खोला नदी वारपार गराउँदै आएको स्थानमा तुइन, झोलुङ्गे पुल, पक्कीपुल हुँदै माझीको ढुङ्गा खियाउने पेसा हरायो’ उहाँले भन्नुभयो गर्नुभयो– ‘माछा मारेर जीविका चलाउँदै आएको पेसा पनि अहिले लोभ भएको अवस्था छ ।’
माझी समुदायको सबैभन्दा ठूलो पर्व लदी हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार मनाउने गरिएको छ । पर्व मनाउन बागमती प्रदेश नुवाकोटका विदुर नगरपालिकाले बजेट विनियोजन गरेसँगै जिल्लाभरका माझीहरु एकीकृत भएर सामूहिक रुपमा पर्व मनाएका हुन् ।
विगतका वर्षमा आ–आफ्नो घरबाट निस्केर खोला नदीको किनारमा पूजा गरेर फर्कने गरिएको संस्कृतिलाई सामूहिक रुपमा मनाउन बजेट उपलब्ध गराइएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो ।
नेपाल माझी महिला उत्थान सङ्घका केन्द्रीय अध्यक्ष तथा निवर्तमान बागमती प्रदेससभा सदस्य रीता माझीले खोला नदीको उत्खननले माझीको पेसा सङ्कटमा परेको बताउनुभयो । उहाँले प्राकृतिक स्रोतबाट सङ्कलित राजस्वको केही हिस्सा माझी समुदायको हितमा खर्चनुपर्ने माग गर्नुभयो ।
प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा माझी समुदायलाई मात्र भनेकामा आपत्ति जनाउँदै पर्वको महत्व बुझाउन सबै जातजातिलाई नै सार्वजनिक बिदा दिनुपर्ने उहाँको भनाइ छ ।
त्यसअवसरमा नदी किनारको आवास, फुर्लुङ, जाल, ढडिया, बल्छी, घौका, हुक्का, हतियार, भाडावर्तन, पोषाक, भेषभूषाको प्रदर्शनी गरिएको थियो । नुवाकोट माझी महिला उत्थान सङ्घका अध्यक्ष राधिका माझीले स्थानीयस्तरमा ३ तहको सरकारबाट सहयोग अपेक्षा गरिएको बताउनुभयो ।
नेपाल माझी सङ्घ नुवाकोटका अनुसार हाल नुवाकोटमा १ सय ११ घरपरिवारमा ३ सय ८ महिला र ३ सय २६ पुरुष छन् । उनीहरुको मुख्य बसोबास त्रिशूली र तादी नदी आसपासको क्षेत्रमा पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह