
कैलाली । कैलालीका दुई पालिकामा समूहका विपन्न दलित महिलालाई आयआर्जन गरी स्वरोजगार बनाउन अनुदान रकम वितरण गरिएको छ ।
दलित महिला सङ्घ (फेडो) कैलालीले धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकाका–१० वटा समूहका २९ जना विपन्न दलित महिलालाई तीन÷तीन लाखका दरले अनुदान रकम वितरण गरेको हो । नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रवर्द्धन परियोजनाबाट उनीहरूलाई सो रकम अनुदान दिइएको हो । उक्त रकमबाट दलित तथा विपन्न महिलाले स्थानीयस्तरमा उद्यमशील बनी आत्मनिर्भर बन्ने कोसिस गरिरहेको दलित महिला सङ्घका अध्यक्ष सविना सुनारले बताउनुभयो ।
महिलाले त्यो रकम कुखुरापालन, खुद्रा पसल, बाख्रापालन, बङ्गुरपालन लगायत अन्य सीपमूलक व्यवसायमा लगानी गरेको उहाँको भनाइ छ । परियोजनाबाट व्यवसाय सञ्चालन सहयोग र ङ्याचिगम सहयोग गरी प्रतिव्यक्ति १५ हजारदेखि ३५ हजार रुपैयाँसम्म अनुदान दिइएको अध्यक्ष सुनारले जानकारी दिनुभयो ।
अनुदान रकम थोरै भए पनि विपन्न महिलाले सानो सानो उद्यम गरी आफूलाई स्वरोजगार बनाउन सहयोग पुग्ने जनाइएको छ । रकम दिनुअघि संस्थाले उनीहरूलाई उद्यमशीलता विकास तालिम, व्यावसायिक योजना निर्माणलगायतका सीप प्रदान गरेको अध्यक्ष सुनारको भनाइ छ ।
दुवै पालिका तथा वडास्तरीय जनप्रतिनिधिको रोहवरमा वितरण गरिएको सो अनुदान रकम समूहको बीउपुँजीका रूपमा रहने र बढीमा एक वर्षपछि घुम्ती कोषका रूपमा अन्य व्यवसाय गर्ने सदस्यलाई समूहले निर्णय गरी प्रदान गरिने कार्यक्रम संयोजक विनोदकुमार घिमिरेले बताउनुभयो ।
जसबाट समूहको बचत कोषको प्रवर्द्धन भई समूहका प्रत्येक सदस्यलाई आर्थिक गतिविधि सञ्चालन गर्न मद्दत पुग्ने विश्वास लिइएको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने