
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बन्न लागेको ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको आज शिलान्यास गर्नुभएको छ ।
कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपन्छी विकास निर्देशनालयको परिसरमा भवन निर्माण गर्न लागिएको हो । चार करोड ८५ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको हो ।
भवन शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले उन्नत जातका पशुपन्छी उत्पादन गर्न प्लान्ट भवन निर्माणले सहज हुने बताउनुभयो । यस्तै तरल नाइट्रोजन प्लान्ट स्थापनाले प्रदेशलाई दूधमा समेत आत्मनिर्भर बनाउन मद्दत पुग्ने उहाँको भनाइ छ ।
प्लान्ट स्थापनापछि गाई, भैँसीको नस्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्ने लक्ष्य छ । मन्त्रालयले गत आर्थिक वर्षमा ४० लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अगाडि बढाएको थियो । यसबाट पशुको वीर्य भण्डारण र कृत्रिम गर्भाधान नस्ल सुधार गर्न सहज हुने छ ।
प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न भवन सहयोगी हुने बताउनभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने