
भोजपुर । जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।
हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल नहुँदा वर्षौँबाट समस्या झेल्दै आएका स्थानीयवासीलाई पुल बनेपछि सहजता भएको छ ।
स्टिल ट्रस ओपन फाउन्डेशन, एक स्पानमा निर्माण भएको पुल ४६ मिटर लम्बाइ, छ मिटर चौडाइ र एक दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण गरिएको कोशी प्रदेश, प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइले जनाएको छ । पुल भ्याटसहित ४ करोड ६२ लाख ७४ हजार ९ सय १० रुपैयाँ लागतमा निर्माण भएको हो ।
कावाखोलामा पुल निर्माणले दक्षिणी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । पुल सञ्चालनमा आएपछि सवारीसाधन आवतजावतमा सहजतासँगै उत्पादित कृषि उपजको बजारीकरणमा टेवा पुगेको अध्यक्ष राईको भनाइ छ ।
‘धेरै पहल र प्रयत्नपश्चात कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ’ अध्यक्ष राईले भन्नुभयो, ‘यो खोला पुल नुहँदा दक्षिणी क्षेत्रको जनजीवन निकै कष्टकर थियो । अब भने सदरमुकामसम्मको आवतजावतका लागि सहज अवस्था बनेको छ ।’
कावाखोलामा पुल निर्माणले जोखिम मोलेर खोला तर्नुपर्ने अवस्थाबाट दक्षिणी क्षेत्रका नागरिक मुक्त भएको हतुवागढी–२ का वडाध्यक्ष विचारी थापाले बताउनुभयो । वर्षात्को समयमा खोलामा पुल नहुँदा बिरामी तथा स्थानीयलाई धेरै सास्ती हुने गरेको भए पनि अब भने दैनिकी सहज बनेको उहाँको भनाइ छ ।
‘करिब पाँच वर्षको पर्खाइपछि कावाखोलामा पुल निर्माण भएर सञ्चालन आएको छ’ वडाध्यक्ष थापाले भन्नुभयो– ‘यहाँ पुल नहुँदा नागरिकले भोगेका दुःखको वयान गरिसाध्य छैन । वर्षात्को समयमा मानिस वारिका वारि, पारिका पारि हुने अवस्था थियो । पुल निर्माणले स्थानीयमा उत्साह बढेको छ ।’
यो खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा २०७६ फागुन १२ मा शिलान्यास गरेर काम थालिएको थियो । निर्माणको अन्तिम चरणमा पुगेको पुल ढलान गरेपछि २०७८ मङ्सिरमा भाँचिएका थियो । निर्माणका क्रममा पुल भाचिएपछि यहाँ पुनः पुल निर्माण भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने