
सुनसरी । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रको रुपमा रहेको बताउनुभएको छ ।
धरान उपमहानगरपालिका– ८ स्थित श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले निर्माण गरेको धर्मशाला आज उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले धरान पर्यटन कृषि उत्पादन तथा बहुसांस्कृतिक बहु भाषिक र बहु धार्मिक हिसाबले पनि महत्वपूण नगरको रुपमा रहेको बताउनुभयो । उहाँले धरानको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘यस्ता धार्मिक पर्यटकीयस्थलको प्रबद्र्धनका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष बजेट विनियोजन गर्ने छ’ उहाँले भन्नुभयो ।
धर्मशाला ३ करोड १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने