
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने बताउनुभएको छ ।
भूमि समस्या समाधान आयोग प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेशमा रहेका भूमिहीन र सुकुम्वासी तथा अव्यवस्थित बसोबासलाई समाधान गर्न सरकारले आयोग बनाएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश–२०८१ बहुमतका आधारमा पारित हुन्छ ।’ त्यसअवसरमा नेपाली कांग्रेसका प्रदेश अध्यक्ष एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले आयोगप्रति जनताको धेरै चासो रहेकाले जिम्मेवारीका साथ भूमिहीनको समस्या समाधान गर्न सुझाव दिनुभयो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले तीन तहका सरकारको आपसी समन्वयबाट विगतदेखि रहेको सुकुम्वासी एवं अव्यवस्थित बसोबासको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूमिसम्बन्धी समस्या समाधानबाट मुलुकमा आर्थिक चलायमान, उद्यमशीलताको विकास र रोजगारी सिर्जना हुने विचार राख्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले तराई र पहाडी क्षेत्रमा रहेका भूमिहीनको समस्या समाधानबाट सुकुम्वासीको मुहारमा खुशी आउने धारणा राख्नुभयो ।
आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, प्रदेश अध्यक्ष अनिलकृष्ण प्रसार्इं, प्रदेशसभा सदस्य गीता तिमिसिनाले आगामी तीन वर्षभित्र संविधानअनुसार मुलुकमा रहेका अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान हुने विश्वास जनाउनुभयो । मुलुकभर १० लाख ९७ हजार २९८ र कोशी प्रदेशमा दुई लाख ३० हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास रहेका त्यस अवसरमा जानकारी दिइएको छ ।
अभिमुखीकरण कार्यक्रममा आयोगका १४ जिल्ला अध्यक्ष एवं सदस्यहरुको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने