
महोत्तरी । मटिहानी नगर कार्यपालिकाको कार्यालयले गत माघ २३ गतेदेखि बिहीबारसम्म मटिहानीमा सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरबाट ७ हजार ६ सय ९६ जनाले सेवा लिएका छन् ।
शिविरमा नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट सम्पादन हुने सबै सेवा प्रवाह गरिएको थियो । शिविरमा सबैभन्दा बढी २ हजार ५ सय ८७ जनाले सेवा लिएका थिए भने २ हजार ५ सय ३० जनाले कृषि सेवा लिएका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले बताउनुभयो ।
तीन वर्षयता नगर कार्यपालिकाको कार्यालयले बर्सेनि घुम्ती सेवा सञ्चालन गर्दै आएको छ । शिविरमा प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, मधेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी , प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले अनुगमन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह