
मकवानपुर । हेटौँडामा पछिल्लो समय खानेपानीको मिटर चोरी हुन थालेको छ ।
डेढ महिनामा करिब एक सय बढी खानेपानीका मिटर चोरी भएका छन् । घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरी हुने गरेको हो । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाका अनुसार गत पुसदेखि मिटर चोरी हुन थालेको हो ।
उपभोक्ताहरूले व्रासवडी मिटर जडान गरेका छन् । एउटा मिटरभित्र करिब आधा केजी पितल हुने गर्छ । त्यो पितल बिक्री गर्न खानेपानीको मिटर चोरिएको हुनसक्ने अनुमान बोर्डले गरेको छ ।
मिटरमा पाइने पितल बजारमा ८ सय रुपैयाँ सम्ममा बिक्री हुने गर्छ । हाल दैनिक एकदेखि तीनवटासम्म मिटर चोरी हुने गरेको छ ।
खानेपानीको मिटर चोरी मुख्यगरी हेटौँडा उपमहानगरपालिका–२, ४ र ५ नम्बर वडामा भइरहेको बोर्डले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह