
बैतडी । पाटन नगरपालिका–८ खोड्पेमा मानवीय सहायतास्थल सञ्चालन गर्न पहल थालिएको छ ।
विपद्को समयमा गरिने खोज, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यहाँ सहायतास्थल सञ्चालनको तयारी थालिएको हो ।
सुदूरपश्चिम प्रदेशका३ पहाडी जिल्ला बैतडी, बझाङ र दार्चुलाका नागरिकलाई विपद्को समयमा छिटो र प्रभावकारी रूपमा सहयोग पुर्याउने उद्देश्यले खोड्पेमा मानवीय सहायतास्थल सञ्चालनको तयारी थालिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।
सहयतास्थल सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी उपाध्याय नेतृत्वको टोलीले स्थलगत अनुगमन गरिसकेको छ । अनुगमनपश्चात् उहाँले भन्नुभयो– ‘मानवीय सहायतास्थलको स्थलगत अनुगमन गरेपछि थप तयारीका लागि समन्वय र सहयोग गर्न गृह मन्त्रालयलाई सिफारिस गर्नेछौँ ।’
उहाँका अनुसार प्रदेशका बैतडी, बझाङ र दार्चुलाका नागरिकलाई विपद्को समयमा सहयोग पुर्याउने उद्देश्यले विश्व खाद्य कार्यक्रमअन्तर्गत सङ्घीय सरकारले दुई वर्षअघि खोड्पेमा मानवीय सहायतास्थल स्थापना गर्ने योजना बनाएको थियो ।
प्रजिअ उपाध्यायका अनुसार सङ्घीय सरकारले दुई वर्षअघि योजना बनाए पनि केही सामग्री अभाव र प्रक्रियाका कारण सञ्चालनमा आउन सकेको छैन् । सहायतास्थल सञ्चालनमा ल्याउन थप संरचना निर्माण गर्नुपर्ने भएकाले सोका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘विपद्को समयमा गरिने खोज, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेर मानवीय सहायतास्थल सञ्चालनको लागि पहल थालेका छौँ, यसका लागि जिल्ला प्रशासनले गृह मन्त्रालयलाई सिफारिस गर्नेछ । गृहले थप योजना, आवश्यक ढाँचासहित अनुमति दिएपछि अन्य प्रत्रिया अघि बढ्नेछ ।’
सहायतास्थल गोदाम घरजस्तै रहेको भन्दै यहाँ चार वटा कन्टेनर रहने प्रजिअ उपाध्यायले जानकारी दिनुभयो । ‘यसभित्र घर बनाउन मिल्ने सामग्री हुन्छन् । विपद् जहिले, जहाँ पनि आउन सक्ने भएकाले त्यसको पूर्वतयारीका लागि सहयतास्थल कुन अवस्थामा छ ? र कसरी व्यवस्थित गर्न सकिन्छ भने अनुमगन गरिएको हो’ उहाँले भन्नुभयो ।
प्रजिअ उपाध्यायले बैतडीका साथै बझाङ र दार्चुलाका लागि पनि यो स्थान पायकपर्ने भएकाले पाटन नगरपालिका–८ खोड्पे छनोट गरिएको जानकारी दिनुभयो । तीनवटै जिल्लामा आवश्यक पर्ने गोदाम घर, दुई वटा हेलिप्याट यहाँ रहने भन्दै यहाँबाट हेलिकप्टरमार्फत आवश्यक सामग्री ढुवानी गर्न सहज हुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो– ‘विपद्को बेला उद्धार गर्ने सामग्री अभाव छ, राहत सामग्रीका लागि पनि गृह मन्त्रालयलाई अनुरोध गरेका छौँ । स्थानीय पालिकाबाट पनि सामग्री सङ्कलन गर्न सकिन्छ ।’
मानवीय सहयतास्थलको सुरक्षा प्रबन्ध प्रशासनले गर्ने र सञ्चालन व्यवस्थापनसम्बन्धी स्थानीय जनप्रतिनिधि र नागरिकसँग छलफल गरी योजना बनाइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । सरकारले बैतडीसहित देशका चार स्थानमा सहयतास्थल सञ्चालन गर्ने तयारी गरेको छ ।
बैतडीको खोड्पे, जुम्लाको खलङ्गा, महोत्तरीको बर्दिबास र तेह्रथुमको वसन्तपुरमा सहायतास्थल पूर्ण रूपमा सञ्चालनको तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने