
विराटनगर । कोशी प्रदेशमा माघ २२ गते शुभारम्भ हुने एचपिभी खोपको सम्पूर्ण तयारी पूरा भएको छ । २ चरणमा लगाइने यो खोप फागुन ४ गते सम्पन्न हुनेछ ।
राष्ट्रिय खोप कार्यक्रमअनुसार एचपिभी खोप अभियान सञ्चालन गरिने प्रदेश खोप समन्वय समितिको सचिवालयले जनाएको छ । १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई मात्र लगाइने यो खोप कोशी प्रदेशमा २ लाख २० हजार पाँच सय ८४ जनालाई लगाउने लक्ष्य राखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका सहजकर्ता भरत भण्डारीले जानकारी दिनुभयो ।
त्यो उमेर समूहका किशोरी प्रायः विद्यालयमा कक्षा ७ देखि १० मा अध्ययनरत हुन्छन् र विद्यालय बाहिर रहेका सो उमेर समूहलाई खोप नछुट्ने उद्देश्यले निर्देशनालयले थप खोप केन्द्रको तयारी गरेको सहजकर्ता भण्डारीले बताउनुभयो । उहाँका अनुसार विद्यालय बाहिर कोशी प्रदेशमा ४५ हजार ३ सय ३४ किशोरी रहेका छन् ।
पाठेघरको घरमुखको क्यान्सरबाट मुक्त गराउन यो अभियान सञ्चालनमा ल्याएको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनुभयो । ‘महिलामा पाठेघरको घरमुखको क्यान्सरको जोखिम अत्याधिक हुन्छ, क्यान्सर भएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न खोप अभियान सञ्चालन गरिएकाले सबैलाई खोप लगाउन अनुरोध गर्दछौँ’ उहाँले भन्नुभयो ।
स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा राधिका थपलियाले यो खोपसँगै महिलामा हुने पाठेघरको मुखको क्यान्सरबाट हुनसक्ने जोखिम नियन्त्रणमा लिन सकिने धारणा राख्नुभयो ।
खोप लगाउँदा कुनै पनि नकारात्मक असर नपर्ने भएकाले उहाँले ढुक्कसँग लगाउन सबैलाई आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने