
मनहरी । यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ ।
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले मङ्गलबार साँझ हेटौँडामा एक कार्यक्रम आयोजना गरी नेपाली गीतसङ्गीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै शाहलाई एक लाख रुपैयाँ राशिसहित १६ औँ संस्करणको पुरस्कार प्रदान गरेको हो । शाहलाई समर्पण तथा साङ्गीतिक समारोहका प्रमुख अतिथि साहित्यकार नगेन्द्र थापा तथा पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको हो ।
शाहले पाँच दशकदेखि निरन्तर आधुनिक गीत, सङ्गीत र चलचित्रका क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएको छ । नेपाली गीत सङ्गीतको क्षेत्रमा स्वदेश तथा विदेशमा महत्वपूर्ण योगदान गर्दै आउनुभएका कलाकार तथा सर्जकहरूको साधनाको उच्च कदर गर्दै व्यवसायी श्री कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गर्नुभएको थियोे ।
यसअघि यो पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की दावा ग्याल्मो, दीपक जङ्गम, किरण प्रधान, राजेन्द्र थापा सम्मानित भइसक्नुभएको छ ।
चलचित्र निर्माण, निर्देशन एवं अभिनयमा समर्पित शाहले विसं २०३२ देखिको निरन्तर नेपाली गीत लेखनको यात्रामा लाग्दै आउनुभएको हो । शाहद्वारा लिखित ‘पर्खी बसे आउँला भन्नी’, ‘बाँदल बनाइदेऊ’, ‘गहिराइमा डुब्दै नडुब’लगायत कालजयी गीतहरू चर्चित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने