
उदयपुर । १४ माघः जिल्लाको बेलका नगरपालिका– ८ र ९ स्थित चिम्पाकोट, बोप्ताङडाँडा र सुगाचरी क्षेत्रमा गिद्धको सङ्ख्या बढ्न थालेको छ ।
बेलका नगरपालिकाले २०७५ सालदेखि गिद्ध संरक्षण अभियान सञ्चालन गरेसँगै गिद्धको सङ्ख्या बढ्न थालेको वडा नम्बर ८ का हर्कबहादुर राईले जानकारी दिनुभयो ।
गिद्ध संरक्षणका लागि नगरक्षेत्रमा मरेका पशु उपलब्ध गराउने र बासका लागि सिमलको रुख रोपेपछि गिद्धको सङ्ख्या बाक्लिन थालेको उहाँको भनाइ छ । नगरपालिका प्रमुख अशोक कार्कीले नगरपालिकाले अहिले पनि गिद्ध संरक्षणका लागि काम गर्दै आएको बताउनुभयो ।
यहाँ बसोबास गर्ने गिद्ध आहारको खोजीमा कोशी क्षेत्र आसपास र सुनसरी, मोरङ, झापा, सप्तरी, सिरहा, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुट्टा, सङ्खुवासभासम्म पुग्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने