
काठमाडौँ । दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने बैतडी जिल्लाको गुजर बनारसीधाममा माघ शुक्ल प्रतिपदादेखि दशमीसम्म बाइसताल स्नान मेला लाग्ने भएको छ ।
यसवर्ष माघ १७ गतेदेखि २५ गतेसम्म मेला लाग्ने श्री बनारसीधाम विश्वनाथ सेवा समाजका कोषाध्यक्ष गणेशप्रसाद पन्तले जानकारी दिनुभयो । मेलाबारे साथ र सहयोग जुटाउन सङ्घीय राजधानी काठमाडौँ आइपुग्नुभएका उहाँ चार सय वर्षअघिदेखि दलित र ब्राह्मणले पूजा आराधना गरी समावेशिताको उत्कृष्ट नमूना प्रदर्शन गर्दै आएको बताउनुहुन्छ ।
चार सय वर्षअघि मैनावती कोटका राजा मानुक चन्दले यो मन्दिरमा दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने रीत बसालेका थिए । बनारसीधाममा हाल बाह्मण समुदायका पन्त र दलित समुदायका लोहारले पूजा आराधना गर्दै आएका छन् । यहाँका ब्राह्मणले दलितलाई कुनै छुवाछुत नगर्ने संस्कृतिको विकास भएको छ । ब्राह्मण पुरोहितले दलितका घरमा गएर कर्मकाण्डलगायत कर्मसमेत गर्ने गरेको पनि पन्त बताउनुहुन्छ ।
ब्राह्मण समुदायका घरमा दलित समुदायले निर्वाध रुपमा प्रवेशसमेत पाउने गरेका छन् । चारसयवर्ष अघिदेखिको अभ्यासले यो गाउँमा कुनै छुवाछुत र भेद्भाव नभएको स्थानीयवासीको अनुभव छ । पाटन नगरपालिका वडा नम्बर ३ मा पर्ने बनारसीधामलाई धार्मिक, सांस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पनि मेलाले सहयोग गर्ने समाजका अध्यक्ष उत्तरबहादुर चन्द बताउनुहुन्छ । मेलालाई भव्य रुपमा सम्पन्न गराउन समाज लागिपरेको छ ।
मेलाका बेला बनारसीधाममा कुनै छुवाछुत एवं भेद्भाव नभएको सन्देश दिने खालका कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ । बनारसीधाममा दलितका तर्फबाट पूजाको नेतृत्व गर्दै आउनुभएका धीरे लोहार आफूहरुले दलित भनी भेदभावको अनुभव गर्नु नपर्ने अवस्थाको निर्माण भएको बताउनुहुन्छ ।
देशभर यस्तो अवस्था बनाउन पनि बनारसीधामको यो उदाहरणले सहयोग गर्ने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने