
काठमाडौँ । अधिवक्ता निराज खड्काद्वारा लिखित ‘नार्कोलोजी’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रममा मन्त्रिपरिषदका पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले ‘नार्कोलोजी’ सार्वजनिक गर्नुभएको हो ।
पाल्पाली सङ्गमको आयोजनामा भएको पुस्तक लोकार्पण समारोहमा पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव मन्त्री सोमप्रसाद पाण्डेय, प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, पूर्वसांसद कूलप्रसाद नेपाल, वरिष्ठ अधिवक्ता भोजराज आचार्यसहित विभिन्न क्षेत्रमा कार्यरत पाल्पाका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । लोकार्पण समारोह जीवन भण्डारीले संचालन गर्नुभएको थियो ।
रामचद्र खड्का र हिमालय ओलीले सम्पादन गरेको तथा सम्पादन मण्डलमा अधिवक्ताहरु श्यामप्रसाद उपाध्याय, विष्णु आचार्य निर्मला घिमिरे, कृष्णहरी केसी रहेको नार्कोलोजी’ लागू औषधको परिभाषासहित, दुर्व्यसनी सम्बन्धी गहिरो अध्ययनसहित तयार पारिएको छ ।
कार्यक्रममा सङ्घीय सांसद सचिवालयका महासचिव पदम पाण्डेय तथा लेखक/समालोचक शुभासचन्द्र पोखरेलले पुस्तकबारे समीक्षा गर्नुभएको थियो ।
– रमा न्यौपाने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने