
रुकुम । रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितका २६ नमूना घर निर्माण भएका छन् ।
बेलायत सरकारको आर्थिक सहयोगमा पाँच र संयुक्त राष्ट्र सङ्घीय निकाय तथा तीनका साझेदार संस्थामार्फत सञ्चालित संयुक्त पुनर्लाभ परियोजनाअन्तर्गत २ जिल्लामा २६ भूकम्प प्रतिरोधात्मक नमूना घर निर्माण गरिएको हो ।
रुकुम पश्चिममा १४ र जाजरकोटमा १२ वटा घर निर्माण गरिएको संयुक्त राष्ट्र सङ्घीय अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) का सिनियर परियोजना एशोसिएट सुजित गौतमले जनाकारी दिनुभयो । उहाँका अनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सात, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा दुई÷दुई वटा, त्रिवेणी र बाँफिकोट गाउँपालिका तथा मुसिकोट नगरपालिकामा एक÷एक वटा नमूना घर निर्माण गरी भूकम्प प्रभावितलाई हस्तान्तरण गरिएको हो ।
त्यस्तै जाजरकोटका भेरी नगरपालिकामा चार, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा दुई दुई तथा शिवालय, जुनिचाँदे, कुशे गाउँपालिका र छेडागाड नगरपालिकामा एक एक वटा घर नमूना घर निर्माण गरी हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । एउटा ढुङ्गाको र बाँकी सबै घर सिएसइबी इन्टरलक इँटाको प्रयोगमा निर्माण गरिएको छ ।
स्थानीय तहले छनोट गरेर पठाएका अतिविपन्न, अपाङ्ग, दलित तथा सीमान्तकृत समुदायका भूकम्प प्रभावितका लागि नमूना घर निर्माण गरिएको हो । परियोजनाअन्तर्गत घर निर्माणबाहेक डकर्मी तालिम, यौनशोषण तथा दुव्र्यवहारविरुद्धको सडक नाटक प्रदर्शन, स्थानीय तहका प्राविधिकका लागि भवन संहिता, सुरक्षित आवाससम्बन्धी तालिम प्रदान गरिएको परियोजना एशोसिएट गौतमले जानकारी दिनुभएको छ ।
९ महिने त्यो परियोजना यही माघ अन्तिमबाट सकिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने