
भोजपुर । ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पुर्याउने उद्देश्यले यहाँका आमा समूहलाई निःशुल्क प्रशिक्षण शुरु गरिएको छ ।
भोजपुर नगरपालिका–५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण दिन थालिएको हो । सुम्निमा बहुप्राविधिक शिक्षालयको आयोजनामा वडा कार्यालय र पञ्चकन्या स्वास्थ्य आमा समूह बोखिमको समन्वयमा आइतबारदेखि उद्यमशीलता विकास तथा जीविकोपार्जनका लागि प्रशिक्षण सुरु गरिएको वडाध्यक्ष फबिन्द्र प्रधानले जानकारी दिनुभयो । वडाध्यक्ष प्रधानले भन्नुभयो– ‘आत्मनिर्भर वडाको परिकल्पना र मर्मअनुरुप प्रशिक्षणले सार्थकता दिनेछ ।’
.आधारभूत तहको एक सय ६० घण्टाको सामुदायिक कृषि सहायक सीपमूलक प्रशिक्षण शुरु गरिएको सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख राजीवकुमार ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो– ‘आमा समूहमा आबद्ध सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण थालिएको हो, यसले समूह सदस्यहरुको क्षमता अभिवृद्धिमा मद्दत पुग्छ ।’
प्रशिक्षणमा २० जना आमाहरुको सहभागिता रहेको छ । २८ दिनसम्म प्रशिक्षण सञ्चालन हुने शिक्षालयका कृषि कार्यक्रम संयोजक तथा प्रशिक्षक प्रमोद राईले जानकारी दिनुभयो ।
पञ्चकन्या स्वास्थ्य आमा समूह अध्यक्ष भगवती श्रेष्ठले समूहमा आबद्ध सदस्यहरुका लागि प्रशिक्षण प्रभावकारी हुने र यसले आगामी दिनमा सक्रिय बन्न प्रेरणा दिने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने