
मोरङ । पथरी शनिश्चरे–४ स्थित पासवान बस्तीमा सहलेस मन्दिर बन्न थालेपछि यहाँका स्थानीय निकै खुशी भएका थिए । विसं २०७७ र ७८ मा नगरपालिकाको एक लाख ७५ हजार र जनश्रमदानबाट मन्दिर बन्न शुरु भएपछि स्थानीय खुशी भएका थिए तर त्यो खुशी धेरै टिकेन ।
मन्दिर निर्माणको काम अधुरै रह्यो । पाँच वर्षदेखि त्यो काम ठप्पै छ । हालसम्म मन्दिर निर्माणमा कसैले सहयोग नगरेपछि स्थानीय पासवान समुदाय आक्रोसित छ । स्थानीय भागवत पासवानले मन्दिर निर्माण शुभारम्भ भए पनि त्यसले पूर्णता नपाएको र पछिल्लो नेतृत्वले यसतर्फ कुनै चासो नदेखाएको गुनासो गर्नुभयो ।
मन्दिर निर्माणका लागि जग्गादान गर्नुभएका दिलीप पासवानले सलहेसको मन्दिर गाउँमै बनेपछि कुलपित्री र देवीदेवताको पूजापाठ हुने भनेपछि आफूले जग्गा दिएको स्मरण गर्नुभयो । जग्गा दिए पनि मन्दिर निर्माणलाई प्राथमिकता नदिएकामा आफूलाई नरमाइलो लागिरहेको उहाँको भनाइ छ । ‘सहलेस हाम्रो आस्थाको देउता हुन् । गाउँमै मन्दिर बन्ने र पासवान समुदाय नै लाभान्वित हुने भनेपछि जग्गा दिएको थिए तर मन्दिर निर्माण गर्ने आफ्नो सामथ्र्य छैन । अरुले सहयोग नगरेपछि निर्माण शुरु भएको मन्दिर पनि अलपत्र छ’ दिलीपले भन्नुभयो ।
मन्दिर निर्माण समितिका सचिव सञ्जय पासवानले आर्थिक अभावकै कारण काम अगाडि नबढेको सुनाउनुभयो । यहाँ २५÷३० पासवान परिवारको बसोबास छ । पूजापाठका लागि अफ्ठ्यारो भयो भनेर गुनासो गर्दा पनि कसैले सहयोग नगरेको उहाँले गुनासो गर्नुभयो ।
यहाँ विसं २०५४ मै मन्दिर निर्माणको योजना बनाइएको थियो । त्यही योजनाअनुसार स्थानीय जोगिलाल पासवान र दिलीप पासवानले त्यसै वर्ष एक कट्ठा जग्गादान गर्नुभएको थियो । त्यसयता पटकपटक पहल गर्दा पनि मन्दिर निर्माण हुनसकेन । विसं २०७४ मा स्थानीय तहको निर्वाचनपछि काम सुरु भएको थियो ।
नगरको सहयोग र स्थानीय पासवान समुदायले रकम सङ्कलन गरेको रकमबाट मन्दिरको पिल्लर र छतसम्म निर्माण भयो तर बाँकी काम अगाडि बढ्न सकेको छैन । स्थानीय गुणबहादुर खड्काले सानो मन्दिर पनि वर्षौसम्म नबन्नु राम्रो नभएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने