
जुम्ला । कृषि प्राविधिकहरु यतिबेला तातोपानी गाउँपालिकामा स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा जुटेका छन् ।
स्याउ उत्पादन बढाउन, बोटमा लाग्ने रोगको नियन्त्रण, मलजलको व्यवस्थापन लगायतका किसानलाई ज्ञान दिनका लागि प्राविधिकहरु स्याउ बगैँचामै पुगेका हुन् ।
प्राविधिकहरु बगैँचामै पुगेर किसानलाई सिकाउन थालेपछि किसान पनि खुशी भएको तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख दीपा पौडेलले बताउनुभयो । अधिकांश किसानले परम्परागत शैलीबाटै बिरुवा रोप्ने र स्याहर गर्दै आएकामा प्राविधिकले भने थप जानकारी दिने छन् ।
प्रमुख पौडेलले भन्नुभयो– ‘यहाँका किसानको स्याउ प्रमुख आम्दानीको स्रोत हो, स्याउखेतीको विस्तार तथा आवश्यक सीप र प्रविधिको सहयोग गर्नेका लागि पालिका सक्रियताका साथ लागेको छ ।’
प्राविधिकहरु बगैँचामै आएर सबै जानकारी दिन थालेपछि आफूहरुले पनि धेरै जानकारी प्राप्त गरेको तातोपानी–७ का किसान हस्त रावतले बताउनुभयो । ‘परम्परागत खेतीबाट स्याउ मात्र होइन सबै बानीनालीको उत्पादन अपेक्षा गरेअनुसार भएको छैन, प्राविधिक आएर सिकाउँदा सबैलाई फाइदा हुन्छ’ उहाँले भन्नुभयो ।
किसानको परिश्रम खेर नजाओस भनेर स्याउखेतीको थप प्राविधिक कुरा सिकाउन कृषि शाखाबाट कर्मचारी बगैँचामै पठाउने गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका आठवटै वटामा कृषि प्राविधिक खटाइएको छ ।
जिल्लामा अहिले ४ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने