
काठमाडौँ । शारजाह विश्वविद्यालयले जनवरी १७ देखि २१ सम्म पहिलो शारजाह ‘साहित्य महोत्सव’ गर्ने भएको छ ।
‘अमिराती कथाले भविष्यलाई प्रोत्साहन गर्छ’ भन्ने नाराका साथ आयोजना गरिने महोत्सव शारजाह युनिभर्सिटीको सिटी हलको अगाडी खुला क्षेत्रमा आयोजना गरिने छ ।
सुल्तान बिन मोहम्मद अल कासिमी, सर्वोच्च परिषद् सदस्य र शारजाहका शासकको प्रायोजन तथा शारजाह पुस्तक प्राधिकरणका अध्यक्ष र इमिरेट्स पब्लिशर्स एसोसिएशनका मानद अध्यक्ष शेख बोदोर बिन्त सुल्तान अल कासिमीको मार्गदर्शनमा गरिने यो महोत्सव दिनको २ः०० बजेदेखि साँझ ११ः०० बजेसम्म चल्नेछ।
महोत्सवले युएईको समृद्ध साहित्यिक विरासतलाई प्रदर्शन गर्ने जनाइएको छ । महोत्सवमा सहभागी आगन्तुकलाई केही प्रमुख अमिराती लेखक, विचारक र रचनात्मक प्रकाशकसँग अन्तक्रिया गर्ने र अमिराती साहित्यबारे जानकारी लिने अद्वित्तीय अवसर मिल्ने आयोजकले जनाएको छ ।
यसको उद्देश्य अमिराती लेखन र प्रकाशनबारे जानकारी गराउनु र अमिराती साहित्यलाई नयाँ श्रोतामाझ पु-याउनु र साहित्यका अनुरागीहरूलाई अमिराती साहित्यबाट मनोरञ्जन प्रदान गर्नुका साथै अरबी संस्कृतिकोबारेमा प्रचारप्रसार गर्ने रहेको जनाइएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने