
काठमाडौँ । अन्धोपन निवारण तथा आँखा उपचार सेवामा उत्कृष्ट योगदान पुर्याए बापत मुलुकका विभिन्न स्थानीय तहलाई नेत्रज्योति विशिष्ट सम्मान प्रदान गरिएको छ ।
आज आयोजित नेपाल नेत्रज्योति सङ्घको केन्द्रीयसभाको २९औँ अधिवेशनमा नेत्रज्योति विशिष्ट सम्मानसहित अन्य सात विधामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको हो ।
सुदूरपश्चिम र बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका (चितवन), लहान नगरपालिका (सिरहा), गुर्भाकोट नगरपालिका (सुर्खेत), लमही नगरपालिका (दाङ), गढवा नगरपालिका (दाङ) र नर्वेको आर्थिक सहयोग (एनएबिपी) लाई नेत्रज्योति विशिष्ट सम्मान प्रदान गरिएको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ ।
यसैगरी नारायण शर्मा नेत्रज्योति सम्मान इन्द्र कसजु ९नेपाल नेत्रज्योति सङ्घ खोटाङ० र कृष्ण धरेल ९चितवन०, नेत्रज्योति डा रामप्रसाद पोखरेल सम्मान ध्रुव केसी, शेरबहादुर थापा, मधु राणा, तेज मोक्तान, दलहादुर केसी तथा नेत्रज्योति सम्मानबाट लमही आँखा अस्पताल, नेपाल नेत्रज्याति सङ्घ रुपन्देही, डा पुरुषोत्तम जोशी र अतुल मिश्रलाई प्रदान गरिएको सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले जानकारी दिनुभयो ।
यसैगरी नेत्रज्योति सम्मान सुवास नेपाल (आँखा अस्पताल पोखरा), डा सन्तोष सुवेदी (राप्ती आँखा अस्पताल दाङ), अभिषेक रोशन र डा विजयकुमार चौधरी (सगरमाथा चौधरी आँखा अस्पताल, लहान), सपना कपाली (भरतपुर आँखा अस्पताल), सञ्जिव अधिकारी (रण अम्बिका शाह आँखा अस्पताल, भैरहवा), क्षितिज बराल (तेजरत्न आँखा उपचार केन्द्र सङ्खुवासभा), हरिहर श्रेष्ठ (आँखा उपचार केन्द्र खोटाङ), वीरबहादुर कार्की (आँखा उपचार केन्द्र गुल्मी) र श्यामप्रसाद सापकोटा (नेपाल नेत्रज्याति सङ्घ काठमाडौँ) लाई प्रदान गरिएकोढ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने