
रुकुम । जिल्ला क्रिकेट सङ्घ रुकुमपश्चिमले महिला क्रिकेट खेलाडी उत्पादनमा जोड दिएको छ । यसका लागि खेलाडी उत्पादन गर्न सङ्घले विद्यालयलाई लक्षित गरी प्रशिक्षणसमेत दिइसकेको छ ।
विद्यालय उमेर समूहका बालिका तथा किशोरीहरूलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम चलाएको सङघका अध्यक्ष दीपक बाँठाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घ क्यानको समन्वयमा जिल्ला क्रिकेट सङ्घले महिला क्रियो फेस्टिभल सञ्चालन गरेको हो ।
क्रिकेट प्रशिक्षण कार्यक्रममा महिला खेलाडी उत्पादन गर्न जिल्लाका एक सय बढी स्कुले बालिका तथा किशोरीलाई प्रशिक्षण दिइएको अध्यक्ष बाँठाले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम खलङ्गामा दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत बालिका तथा क्रिकेट खेलमा चासो राख्नेहरूको सहभागिता रहेको थियो ।
सङ्घका कोषाध्यक्ष तथा प्रशिक्षक नरबहादुर ओलीले क्रिकेटबारे कुनै पनि जानकारी नभएका तर क्रिकेट सिक्न इच्छुक बालिका तथा किशोरीहरूलाई विद्यालयसँगको समन्वयमा कार्यक्रममा सहभागी गराई प्रशिक्षण दिइएको बताउनुभयो । कर्णाली प्रादेशिक क्रिकेट सङ्घका सदस्य तथा प्रशिक्षक कुलप्रसाद ओलीले महिला खेलाडी उत्पादन गर्न क्रिकेट प्रशिक्षण कार्यक्रमले ठूलो सन्देश प्रवाह गरेको बताउनुभयो । प्रशिक्षणमा सहभागीलाई क्रिकेटबारे धेरै प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान सिकेको उहाँले बताउनुभयो ।
प्रशिक्षणमा सहभागी बालिकाहरुलाई क्रिकेटमा नियमित जोड्ने र जिल्लाको महिला टोली निर्माणमा ध्यान केन्द्रित गर्ने योजना रहेको सङ्घका सचिव मनिष खड्काले बताउनुभयो । ‘हाम्रो जिल्लामा हालसम्म महिलाको टिम बन्न सकेको छैन, महिला खेलाडी उत्पादनका लागि हाम्रो चासो रहे पनि हालसम्म कुनै कार्यक्रम सञ्चालन गर्न सकिएको थिएन । अब जिल्लामा महिला क्रिकेटको विकास शुरु भएको छ, छिट्टै जिल्लाको महिला क्रिकेट टिम बन्नेछ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने