
भोजपुर । भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन् ।
यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन् । कोशी प्रदेश सरकारले प्रादेशिक सडकमा सूचीकृत गरेका सडकको मर्मतसम्भारका लागि सडक हेरालु राखिएका जनाइएको छ । पहिलो चरणमा जिल्लाको मुख्य सडकमार्गका रूपमा रहेको भोजपुर–टक्सार–कोटडाँडा–पिखुला–डढुवा सडकको २१ किलोमिटर क्षेत्रमा मर्मतसम्भारका लागि दश जना हेरालु राखिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।
हेरालुहरूलाई दश खण्डमा विभाजन गरेर सडक मर्मतसम्भारको काम सुरु गरेका पूर्वाधार कार्यालय प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । हेरालुले सानो असावधनीका कारण सडक बिग्रिएर हुने ठूलो क्षतिबाट रोक्न नियमित रूपमा सडकको हेरचाह र मर्मसम्भार गर्ने उहाँले बताउनुभयो । ‘हेर्दा सामान्य काम जस्तो देखिन्छ तर सडक सुरक्षाका लागि हेरालुको निकै ठूलो भूमिका हुन्छ । उनीहरूले नियमित रूपमा सडकको हेरचाहसँगै मर्मतसम्भार गर्ने भएका ठूलो क्षति हुनबाट बचाउने अवस्था बन्छ । सडकको बचावटसँगै स्थानीयलाई रोजगारी प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो’ कार्यालय प्रमुख राजनराज रेड्डीले भन्नुभयो । एउटा सडकमा मात्र हेरालुको व्यवस्था गरिएको र आगामी दिनमा प्रादेशिक सडकमा सूचीकृत भएका अन्य सडकमा पनि हेरालु राख्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
लेखा अधिकृत चेतबहादुर मोक्तानले छनोटमा परेकाहरूलाई व्यक्तिगत सुरक्षा, सडकको हेरचाह लगायत विषयमा आवश्यक अभिमुखीकरण गरी काममा खटाइएको बताउनुभयो । हेरालुहरूले सडकको सतह मिलाउने, सामान्य पहिरो हटाउने, सडक सरसफाइ गर्ने, ठूला समस्याको तुरुन्त जानकारी दिई थप क्षति हुनबाट जोगाउनेलगायत जिम्मेवारी निर्वाह गर्ने कार्यालयका प्रशासन शाखा प्रमुख अभिशेक बस्नेतले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने