
काभ्रे । धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनःनिर्माणपछि पानी वितरण शुरु भएको छ ।
गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पु¥याएपछि नगरक्षेत्रमा खानेपानी अवरुद्ध थियो । दुई तीन महिनापछि धुलिखेलमा खानेपानी वितरण लगाएर क्षतिग्रस्त स्थानमा पाइप जडान गरी पानी वितरण शुरु गरिएको धुलिखेल खनोपानी तथा सरसफाइ समितिले जनाएको छ ।
आयोजनाको मुहानक्षेत्र पनौती नगरपालिका–१२ स्थित पाल्पाले गाउँको विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । आयोजनाबाट तीन हजार दुई सय घरमा खानेपानी वितरण भएको छ ।
हाल धुलिखेलस्थित मुख्य ट्याङ्कीमा पानी आइसकेपछि वितरणका क्रममा पाँच लाख लिटरको अर्को ट्याङ्कीमा प्राविधिक समस्या देखिएकाले केही वडामा पानी वितरण गर्न एक÷दुई दिन लाग्ने समितिका अध्यक्ष कृष्णभूषण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तत्काल अस्थायी रुपमा आयोजना मर्मत गर्न १९ लाख ७९ हजार रुपैयाँ खर्च भएको छ ।
आयोजनाको स्थायी पुनः निर्माण गर्न ३ करोड ५१ लाख रुपैया लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पुनःनिर्माणका लागि गत कात्तिक तेस्रो साता जर्मन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नगर प्रमुख अशोक ब्याञ्जूको टोलीले नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनःनिर्माणमा सहयोगका लागि अनुरोध गरेको थियो ।
जर्मन सहयोग नियोग (जिआइजेड) मार्फत नेपालस्थित दूतावासले प्रस्तावको कार्यान्वयन स्वरुप एक करोड ४५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको ब्याञ्जूले जानकारी दिनुभयो । जर्मनीबाट प्राप्त सो रकम आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचना पुनःनिर्माणमा खर्च गरिने जनाइएको छ ।
बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयहरु तीन महिनादेखि खानेपानीविहीन थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने