
काठमाडौँ । काठमाडौँको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’ निर्माण सम्पन्न भएको छ ।
एघार मिटरको त्यो कलभर्ट भत्किँदा सङ्घीय राजधानी काठमाडौँको व्यस्त कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले .कलभर्टको आज शुभारम्भ गर्नुभएको हो ।
व्यस्त सडक भएकै कारण सडक विभागले तीव्रताका साथ त्यस स्थानमा काम गराएको विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिनुभयो । काठमाडौँ व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो । त्यस लगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिकहरु परिचालन गरी विस्तृत अध्ययन गराएको थियो । प्राविधिक तथा विज्ञहरुले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए । त्यसलगत्तै मन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त स्थानको निरीक्षण गरि अविलम्ब पुननिर्माण गर्न निर्देशन दिएको थियो । गत साउन २८ गते विज्ञहरुले निरीक्षण गरी लागत अनुमान तयार पारी स्वीकृत गरिएको थियो ।
सडक डिभिजन कार्यालय काठमाडौँले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा कलभर्ट निर्माणका लागि डिवी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर ठेक्कालगत्तैको अविरल वर्षा र बाढीले पुनः काममा अवरोध गरेको थियो । काठमाडौँ डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मङ्सिर १७ गते सम्पन्न गर्ने गरी कात्तिक ३ गतेबाट काम शुरु भएको थियो ।
राणाकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुनसक्ने जनाउँदै पुरातत्व विभागले चासो देखाएको थियो । यसका कारण विभागसँग सहमति लिनुपर्ने प्रक्रियाले पनि निर्माणमा केही ढिलाइ भएको थियो । तर कात्तिक १ गते पुरातत्व विभागले कलभर्ट निर्माणमा सहमति दिएपछि निर्माणले गति लिएको हो ।
बेमौसमी बाढी, दसैँ, पुरातत्वविभागसँग सहमति लिनुपर्ने प्रक्रिया लगायतका चुनौतीबीच पनि निर्धारित समयभन्दा अघिनै काम पूरा भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने