
काठमाडौँ । लेखक काल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
माइलस्टोन प्रिन्ट र आयोखबर डटकमले आज आयोजना गरेको पुस्तक विमोचन तथा विमर्श कार्यक्रममा पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, नेकपा माओवादी केन्द्रका नेत्री कल्पना धमला, पूर्वराजदूत डा शङ्करप्रसाद शर्मा, प्रा डा सुरेन्द्र केसी र लेखक थापाले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभयो ।
पुस्तकमा अमेरिकामा रहेका जनजाति, ब्रिटिस शासन तथा औपनिवेशिक समय, दोस्रो विश्वयुद्ध र त्यसपछिको अमेरिका, अमेरिकाका चर्चित राष्ट्रपति, अमेरिका र विभिन्न युद्ध तथा अमेरिकाको संविधानका मुख्य विशेषता लगायत विषयलाई समावेश गरिएको छ ।
त्यस अवसरमा पूर्वउपप्रधानमन्त्री गौतमले वर्तमान संविधानमा सबै समुदाय र क्षेत्रको अधिकार सुनिश्चित भए पनि कार्यान्वयन मुख्य चुनौती रहेको बताउनुभयो । मुलुक निर्माणका लागि नेपालका कम्युनिष्ट पार्टीबीच एकताको विकल्प नरहेको उहाँको भनाइ छ ।
समितिका सभापति खतिवडाले संविधानमा सबैको अधिकार सुनिश्चित भए पनि समयानुकूल संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेत्री धमलाले नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली भएका खण्डमा मात्रै देशमा छिट्टै विकास हुने र समृद्ध नेपाल निर्माण हुने विश्वास गर्नुभयो ।
प्रा डा केसीले अमेरिकाको जस्तो स्थिरता र आर्थिक विकासका लागि नेपालका राजनीतिज्ञहरुले आज विमोचन भएको पुस्तक अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने