
ललितपुर । ‘कालजयी कृति, पाठकका निम्ति’ भन्ने नाराका साथ साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी शुरु भएको छ । साझा प्रकाशनका पूर्वमहाप्रबन्धक तथा प्रमुख सल्लाहकार डा तुलसी भट्टराईले आज केन्द्रीय कार्यालय पुलचोकमा प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
प्रदर्शनीको उद्घाटन पश्चात् डा भट्टराईले पढ्ने संस्कृति हराउँदै गएको वर्तमानयुगमा पुस्तक प्रदर्शनीले ठूलो योगदान पु¥याउने बताउनुभयो । ‘विद्यालय, महाविद्यालय, क्याम्पसले विद्यार्थीलाई यस्ता प्रदर्शनीमा सहभागी गराउन सके राम्रो हुन्छ, यसले पुस्तकको सार्थकता वृद्धि हुनुका साथै लेखकलाई परिचित गराउन मद्दत पुर्याउँछ’ उहाँले भन्नुभयो ।
उहाँले पठन संस्कृतिको विकास हुनु भनेको शिक्षाको विकास हुनु भएको बताउनुभयो । शिक्षा र संस्कृतिमा मुलुक समृद्ध नभएसम्म आर्थिक समृद्धिले मात्रै पर्याप्त हुन नसक्ने उहाँको धारणा छ ।
साहित्यकार डा माया ठकुरीले साहित्यकारका लागि पुस्तक प्रदर्शनी हुनु ठूलो उपलब्धि भएको बताउनुभयो । डिजिटल युगमा पुस्तक प्रदर्शनी हुनु सकारात्मक पाटो भएकाले पुस्तकको माध्यमबाट साहित्यकारको पहिचान स्थापित हुने उहाँको भनाइ छ ।
साझा प्रकाशनका अध्यक्ष डा विजय सुब्बाले लामो समयसम्म बजारका पसलमा आँखा नपरेका पुस्तक पनि प्रदर्शनीमा रहेको जानकारी दिनुभयो । उहाँले यो प्रदर्शनी पाठक र साहित्यकारलाई नजिक बनाउने माध्यम भएको बताउनुभयो ।
आर्थिक समस्याको चपेटामा रहेको साझा प्रकाशनलाई प्रदर्शनीले केही मात्रामा सहयोग पु(याउने अपेक्षा गरिएको छ । पठन संस्कृति विकासका लागि आज देखि शुरु प्रदर्शनी १५ गतेसम्म सञ्चालन हुने साझा प्रकाशनका प्रशासकीय सहायक सुशील अधिकारीले जानकारी गराउनुभयो ।
साझाको केन्द्रीय कार्यालय पुल्चोक र देशभरका बिक्री कक्षमार्फत २० देखि ८० प्रतिशतसम्म छुटका साथ पुस्तक बिक्री गरिने उहाँको भनाइ छ । प्रदर्शनीमा साझा प्रकाशनका २ हजार २ सय र अन्य प्रकाशनका गरी करिब ५ हजार पुस्तक प्रदर्शनीमा राखिएको छ ।
साझा प्रकाशन नेपालको पुरानो प्रकाशन गृह हो । यस संस्थामा नेपाल सरकारको ६० प्रतिशत र बाँकी ४०५ शेयर साहित्यकार, पत्रकार, शिक्षासेवीसहित सर्वसाधारणको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने