
गुल्मी । किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने ‘जानकी साहित्य पुरस्कार’ साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिएको छ ।
कविता, समालोचना, निबन्ध, नियात्रालगायत विधामा कलम चलाउँदै आउनुभएका भण्डारीलाई यस वर्षको जानकी साहित्य पुरस्कार–२०८१ बाट सम्मनित गरिएको हो । सत्यवती गाउँपालिका–५ अन्तर्गत जुहाङ्, खैरेनी निवासी ७१ वर्षीय साहित्यकार भण्डारीले विभिन्न विधामा दुई दजर्नभन्दा बढी कृति प्रकाशित गर्नुभएको पुरस्कार छनोट समितिका संयोजक दीन पन्थीले बताउनुभयो ।
पुस्तकालयद्वारा आयोजित समारोहमा किरण पुस्तकालयका अध्यक्ष शशि पन्थी एवं लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीराज भुसालले साहित्यकार भण्डारीलाई नगदसहित दोसल्ला र प्रमाणपत्र प्रदान गर्नुभएको हो । साहित्य क्षेत्रमा निकै रुचि राख्नुहुने स्वर्गीय जानकी ज्ञवालीको सम्झनामा परिवारद्वारा दपुरस्कार स्थापना गरिएको थियो । किरण पुस्तकालयको समन्वयमा स्थापना गरिएको पुरस्कार गुल्मीमा जन्मेर साहित्य सिर्जनामा लाग्ने सर्जकलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।
विसं २०७३ मा स्थापना भएको पुरस्कारबाट यसअघि साहित्यकार सूर्यबहादुर सेन वली, भागिरथी श्रेष्ठ, रामप्रसाद पन्त, नारद गौतम, रुद्र ज्ञवाली र हरिप्रसाद भण्डारीलाई प्रदान गरिसकिएको छ ।
साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मीको क्षेत्रमा काम गर्दै आउनुभएकी ज्ञवालीको २०७३ साल मङ्सिर १२ गते अल्पायुमै निधन भएको थियो । स्व ज्ञवालीले साहित्य तथा समाज सेवाको क्षेत्रमा पु¥याएको योगदानलाई स्मरणीय बनाउन उहाँका श्रीमान् शङ्करप्रसाद गौतमको विशेष अग्रसरतामा जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरिएको छ ।
प्रतिष्ठानका नाममा किरण पुस्तकालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । त्यही अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमि तथा कर्मभूमि बनाइ इतिहास, कला र साहित्य क्षेत्रमा योगदान पु¥याउने सर्जकलाई जानकी साहित्य पुरस्कारद्वारा सम्मान गरिँदै आएको किरण पुस्तकालयका अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने