
कोलकाता । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली जनकल्याण समितिको आयोजनामा यहाँ नेपाली भाषा र दर्शन विषयक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका सहभागीले संसारका विभिन्न मुलुकमा पुगेका नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्ने माध्यम नेपाली भाषा भएकाले यसको संरक्षणमा जोड दिएका छन् । पश्चिम बङ्गालका खाद्य र उद्योगमन्त्री अनुप रायले नेपाली भाषाका माध्यमबाट सबै नेपालीभाषीलाई जोड्न भानुभक्त आचार्यले गरेको योगदानको कदर गर्दै स्थानीय सडक उहाँको नामबाट राखिएको बताउनुभयो ।
नेपाल र भारतबीच सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर रहेको चर्चा गर्दै भाषा, साहित्यका माध्यमबाट पनि भारत र नेपाल नजिक छन् भन्नुभयो । उहाँले भारत र नेपालबीच भाषिक समानता पनि रहेको बताउनुभयो । यो समानताले पारस्परिक सम्बन्ध अझ सुमधुर बनेको उहाँको कथन छ ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत जनकराज भट्टले नेपाली भाषा र सहित्यका क्षेत्रमा आदिकविले पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।
प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले धेरै बोलिने भाषाको सूचीमा ५९औँ स्थानमा नेपाली भाषा रहेको बताउँदै विश्वका विभिन्न मुलुकका शैक्षिक प्रतिष्ठानमा नेपाली पठनपाठन सुरु गरिनुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य कृष्णराज अधिकारीले भाषा र संस्कृतिले नै देशलाई चिनाउने भएकाले यसको संरक्षण हुनुपर्ने बताउनुभयो ।
जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बरालले आदिकवि भानुभक्तले भाषाको माध्यमबाट सबै नेपालीजनलाई एउटै सूत्रमा आबद्ध गर्न निर्वाह गर्नुभएको योगदानको जति प्रशंसा गरे पनि कम हुन्छ भन्नुभयो । आदिकविको सम्मानमा पश्चिम बङ्गाल सरकारले उहाँको नाममा सडकको नामकरण गरेकामा कृतज्ञता ज्ञापन गर्नुभयो ।
समितिका अध्यक्ष बद्रीविक्रम थापाले नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्त आचार्यले पुर्याउनुभएको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले प्रत्येक वर्ष प्रवासमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।
त्यस अवसरमा कोलकातामा रहेका नेपालीले मातृभूमिमा कला, संस्कृति, वेशभूषा भल्कने मौलिक संस्कृति प्रदर्शन गर्नुका साथै नेपाली, बङ्गाली र हिन्दीमा गीत प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने