
काभ्रे । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग सिड्नी शहरबाट हराएका सुभाष बोलखेको खोजीका लागि अनुरोध गर्नुभएको छ ।
अध्ययनका सिलसिलामा ९ महिनाअघि अष्टे«लियाको सिड्नी पुग्नुभएका काभ्रे पाँचखाल नगरपालिका–७ का २७ वर्षीय बोलखे १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगरप्रमुख खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गर्नुभएको हो ।
बोलखेका परिवारका सदस्यसहित काठमाडौँको महाराजगञ्ज–चक्रपथस्थित अष्ट्रेलियन दूतावास पुगीे आफ्नो क्षेत्रका प्रतिभावान विद्यार्थी बोलखेको खोजतलाख गरेर पछिल्लो अवस्थाका वारेमा जानकारी दिई सहयोग गरिदिन अनुरोध गरेको नगरप्रमुख खरेलले बताउनुभयो ।
‘राजदूत भोल्कले तत्काल जनशक्ति परिचालन गरी आवश्यक खोजबिनसहित सम्पर्कविहीन अवस्थामा रहेका विद्यार्थी बोलखेका बारेमा यथार्थ जानकारी गराउने आश्वासन दिनुभएको छ, हामी आशावादी भएका छौँ’ प्रमुख खरेलले भन्नुभयो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा ‘सुभाष’ सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएको जानकारी दिँदै पिता सुदर्शन बोलखेले भन्नुभयो– ‘ १८ दिनदेखि सुभाष हामीसँग सम्पर्कविहीन भएका छन्, यतिखेर हामी तनावमा छौँ, राजदूतसँगको भेटपछि केही आशा पलाएको छ । खोजबिनका लागि सम्बद्ध सबैसँग अनुरोध गर्दछौँ ।’
त्यस अवसरमा नगरप्रमुख खरेलले राजदूत भोल्कलाई ‘सुभाष’को कागजातसहित खोजबिनका लागि निवेदन दिनुभएको छ । औपचारिक भेटघाट लगत्तै दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएको बारे उनको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रह समेत गरेको छ ।
यसैगरी, बोलखे परिवारले पनि सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नीस्थित नेपाली समुदाय र अन्य सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने