
कास्की । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीले ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) लाई प्रदान गरेको छ ।
फोनिजको रजतजयन्तीका अवसरमा आज पत्रकारद्वय श्रेष्ठ र रानामगरलाई पुरस्कृत गरेको हो । उहाँहरुलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले जनही २५ हजार रुपैयाँसहित फेटा, दोसल्ला, सम्मानपत्रसहित सम्मान गर्नुभयो ।
गण्डकी प्रदेश प्रमुख भट्टले नेपालको पत्रकारिताको विकासमा आदिवासी जनजाति पत्रकारको पनि भूमिका रहेको उल्लेख गर्दै सञ्चार गृहमा पनि समान अवसर दिनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले आदिवासी जनजातिको भाषा, धर्म, कला, संस्कृति देशकै सम्पत्ति भएकाले पत्रकारितामार्फत संरक्षण गर्न सकिने बताउनुभयो ।
तत्कालीन अनिज र हालको फोनिजकोे विकासमा स्थापनाकालदेखि नै योगदान पुर्याउन हुने वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र बालासिंह काउछामगरलाई फोनिज रजत वर्ष सम्मान २०८१ अर्पण गरिएको थियो ।
फोनिज गण्डकीले रजत वर्ष मनाउने क्रममा साउन १९ गते सरसफाइ, साउन २४ गते पत्रकारबीच मैत्रीपूर्ण भलिबल र छेलो प्रतियोगिता आयोजना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने